प्रा.डा. सोमेश्वर दास जलवायु विज्ञान उत्कृष्ट कृति पुरस्कार र श्रीमुखी हरिवंश नारायण दास जलवायु विज्ञान पुरस्कारका लागि अक्षय कोष स्थापना
31 March, 2023
आज मिति २०७९/१२/१७ गते शुक्रबार कलैया नगरपालिका ७ बारा निवासी राजस्थान केन्द्रीय विश्वविद्यालयबाट अवकाश प्राप्त प्रा.डा सोमेश्वर दासले त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका अब्बल शोधार्थीहरुलाई अनुसन्धानमा आर्कषण गरी अन्तराष्ट्रिय स्तरका उत्कृष्ट जर्नलमा कृति प्रकाशित गर्न र अनुसन्धानात्मक लेखनलाई प्रोत्साहन गर्न प्रा.डा. सोमेश्वर दास जलवायु विज्ञान उत्कृष्ट कृति पुरस्कार र श्रीमुखी हरिवंश नारायण दास जलवायु विज्ञान पुरस्कारको अक्षयकोष स्थापना गर्नुभएको छ । जल तथा मौसम विज्ञान केन्द्रीय विभागमा आयोजित अक्षयकोष विधानमा हस्ताक्षर कार्यक्रममा जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्रमुख प्रा.डा. दिपक अर्याल र प्रा.डा सोमेश्वर दासले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको हो । श्रीमुखी हरिवंश नारायण दास जलवायु विज्ञान पुरस्कारको अक्षयराशी रु ३ लाख ५० हजार रहेको छ भने त्रिवि अन्तर्गतका क्याम्पसहरुमा जलवायु विज्ञान विषयमा स्नातक तहमा सर्वोत्कृष्ट १ जना विद्यार्थीलाई उक्त अक्षयकोषवाट बार्षिक रु १५ हजार पुरस्कृत गरिने र प्रा.डा. सोमेश्वर दास जलवायु विज्ञान उत्कृष्ट कृति पुरस्कारको अक्षयराशी रु ४ लाख ५० हजार रहेको र उक्त अक्षयराशीबाट Numerical Weather Prediction (NWP) सँग सम्बन्धित उत्कृष्ट शोधकार्य गर्ने शोधार्थीलाई प्रत्येक बर्ष रु २५ हजार पुरस्कृत गरिने छ ।
भारत सरकारको राष्ट्रिय मध्यमअवधि मौसम पूर्वानुमान केन्द्रमा समेत काम गर्नुभएका जलवायु विज्ञान विषयका प्राध्यापक डा.सोमेश्वर दास त्रिचन्द्र क्याम्पसका जलवायु विज्ञान विषयको दोश्रो ब्याचको विद्यार्थी समेत हुनुहुन्थ्यो ।