जल तथा मौसम विज्ञान केन्द्रीय विभागको ३५ औं बार्षिक दिवस सम्पन्न

जल तथा मौसम विज्ञान केन्द्रीय विभागको ३५ औं बार्षिक दिवस सम्पन्न

27 March, 2021

जल तथा मौसम विज्ञान केन्द्रीय विभाग ३५ औं बसन्तमा ।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागको ३५ औं बार्षिक दिवस विभिन्न कार्यक्रमहरु गरी सम्पन्न भएको छ ।
२०७७।१२।१३ मा विभागको आफ्नै परिसरमा आयोजित वार्षिक दिवस समारोहको उद्घाटन त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाले रेडियोसोण्ड बेलुन उडाएर गर्नु भएको हो । बार्षिक दिवस समारोहलाई सम्बोधन गर्नुहुदै उपकुलपति प्र्रा.डा बास्कोटाले त्रिविको नमुना विभाागको रुपमा आफुलाई उत्कृष्ट बनाउदै गएकोमा जल तथा मौसम विज्ञान केन्द्रीय विभागलाई शुभकामना व्यक्त गर्नुभयो । त्रिविमा अनुसन्धानको लागी पर्याप्त बजेट उपलब्ध गराइउन कठिनाई भइरहेको उल्लेख गर्दै उहाँले नेपाल सरकारसँग अनुसन्धान अनुदानका लागी प्रत्यन भइरहको समेत जानकारी गराउनु भएको थियो । यसैगरी उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटाले विभागको स्थापनामा मत्वपूर्ण ऐतिहासिक योगादन गर्नुहुने पूर्व विभागिय प्रमुख प्रा.सुरेस राज चालिसे, प्रा.विदुर प्रसाद उपाध्याय र प्रा.खडग बहादुर थापा र उत्कृष्ट कर्मचारीका रुपमा मुख्य प्राविधिक सहायक मदन कुमार श्रेष्ठलाई सम्मान गर्नुभएको थियो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.सुनिल बावु श्रेष्ठले बैज्ञानिक सहकार्य मार्फत जल तथा मौसम विज्ञानलाई वहुविधागत क्षेत्रको रुपमा अध्ययन÷अनुसन्धान गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसालले जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सक्रियता र पछिल्ला उपलब्धीहरुबाट अन्य विभाग एवम् शैक्षिक निकायहरुले समेतले अनुसरण गर्नुपर्ने धारणा व्यक्त गर्दै विश्वविद्यालयको गरिमा उच्चराख्न महत्वपूर्ण योगदान गरेकोमा विभागका सम्र्पूण प्राध्यापकहरुलाई धन्यवाद दिनुभएको थियो । विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा विनिल अर्यालले विज्ञानको क्षेत्रमा महत्वपूर्ण योगदान पुयाउनुहुने विद्धान अग्रजहरुलाई सम्मान गरी सफलतापूर्वक बार्षिक दिवस सम्पन्न गरेकोमा विभागलाई बधाइ दिनु भएको थियो ।
विभागका संस्थापक एवम् जल तथा मौसम विज्ञानका पिता प्रा. सुरेश राज चालिसेले स्थापनाका कठिनाइहरु स्मरण गर्नुहुँदै विभागले शैक्षिक उन्नयनमा खेलेको महत्वपूर्ण भूमिकाले आफुहरु अनुगहृत भएको बताउनुभयो । उहाँले जल तथा मौसमका क्षेत्रमा आफ्ना उत्पादनहरुले देशभरी राष्ट्रिय योगदान गरिहेको बताउनुभयो । विभागका अर्का संस्थापक प्रा.विदुर प्रसाद उपाध्यायले जल तथा मौसम विभागले आफनो महत्व उजागर गर्दै सफलताको पथमा अघि वढेकोमा आफुहरु गौरवान्वित रहेका बताउनुभयो । उहाँले विभागको उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी पुस्ताहरुलाई थप क्रियाशिल र रचनात्मक भई शैक्षिक कर्ममा संलग्न हुन उत्पे्ररित गर्नुभएको थियो ।
जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख प्रा खडग बहादुर थापाले सवैको इमान्दार प्रयत्न र मिहनेतले विभागले विशिष्ट शैक्षिक संस्थाको रुपमा अघि वढेकोमा आफुहरुलाई सन्तुष्टि मिलेको उल्लेख गर्नुृभएको थियो । कार्यक्रममा जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा दिपक अर्यालले विभागको शैक्षिक जिवनमा ३५ बर्षमा पहिलोपटक पदाधिकारीहरु आमन्त्रित गरेर वार्षिक दिवस मनाउन प्रारम्भ गरिएको बताउनुभयो । उहाँले आगामी दिवसमा आर्थिक मितव्ययितालाई ध्यानमा राखेर विभिन्न रचनात्मक शैक्षिक कार्यक्रमहरु गरी बार्षिक दिवस मनाउने उल्लेख गनुभएको थियो ।
जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डा.विनोद दवाडीले विभागको ३५ बर्षे कार्यकालमा भएको महत्वपूर्ण उपलब्धीहरुको संक्षिप्त जानकारी गराउनुभएको थियो । उहाँले स्थापनाकाल देखि विभागले गरेको शैक्षिक उत्कृष्टताका लागी गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य,अनुसन्धन, प्राज्ञिक उन्नयन,प्रशासनिक उपलब्धीलाई समेटनुभएको थियो । कार्यक्रममा उत्कृष्ट पोष्टर निर्माण गरे दुई विद्यार्थी गणेश काफ्ले र अरनव सिंहलाई सम्मान गरिएको थियो भने कार्यक्रम सञ्चालन जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक सुरेश मरहठ्ठाले गर्नुभएको थियो ।