Central Department Of Hydrology & Meteorology Tribhuvan University
Brief overview of Bhotekoshi flood 2026
Posted on: 07 September, 2026
Please join the program if you are interested.
02 August, 2026
काठमाडौं । साउन १७
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागले मिति २०८३।०४।०८ मा नेपाल सरकारको इन्जिनियरिङ्ग सेवा अन्तर्गतको राजपत्राङ्किकत तृतीय श्रेणीको मेटेरियोलोजिष्ट पदमा नियुक्त भएका जल तथा मौसम विज्ञान विषयमा स्नातक/स्नातकाेत्तर उपाधि हासिल गरेका ११ जनालाई सम्मान गरेको छ । सम्मानित हुनुहुनेहरुमा मनोज भट्ट, अनुप नेपाल, सुदर्शन गौतम, हिमकिरण पौडेल, कुमार राना, निष्ठा निरौला, माधवी सिग्देल, सुमना रेग्मी, सिर्जना गिरी, राजन महर्जन र टेकबहादुर थामी हुनुहुन्छ ।
कीर्तीपुर स्थित जल तथा मौसम विज्ञान केन्द्रीय विभागमा आयोजित सम्मान कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा दिपक अर्याल र विभागिय प्रमुख तथा जल तथा मौसम विज्ञान विषय समितिका अध्यक्ष प्रा.डा टेक बहादुर क्षेत्रीले उहाँहरुलाई सम्मान गर्नुभएको हो । शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै पूर्वउपकुलपति प्रा.डा दिपक अर्यालले सार्वजनिक सेवामा प्राप्त अवसरलाई सदुपयोग गरी प्रशंसायोग्य काम गरी माथिल्लो तहसम्मको नेतृत्वमा पुग्न सवैलाई सुझाव दिनुभएको थियो । साथै विभागका विभागीय प्रमुख प्रा.डा टेक बहादुर क्षेत्री एवं विभागमा कार्यरत प्रा.डा विनोद दवाडीले आफना विद्यार्थीहरु रा.प तृतीय श्रेणीको मेटेरियोलोजिष्ट पदमा नियुक्तभएकोमा खुसी व्यक्त गर्नुहुँदै सफलता प्राप्तगर्ने सवै विद्यार्थीहहरुलाई अध्ययन र अनुसन्धानमा निरन्तर लाग्न सुझाव दिनुहुँदै कार्यक्षेत्रमा विशेष क्षमता प्रदर्शन गर्नुहुने अपेक्षा व्यक्त गर्नुभएको थियो । साथै विभागका उपप्राध्यापक डा. सुरेश मरहठ्ठाले नेपालमा जलवायु विज्ञानको अध्ययन अध्यापन र मुलुकमा यसको विकासको बारेमा संक्षीप्त प्रस्तुती दिनुभएको थियो ।





